प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

धनुषा, २०७७ साउन १८ गते
 प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बिआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक सर्लाही ईश्वरपुर नगरपालिका-९ बयलबास बस्ने ३२ वर्षीय रामविश्वास पटेललाई लक्ष्मिनिया गाउँपालिका-७ लक्ष्मिनिया चोकबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।    
     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।