तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं, २०७७ साउन १८ गते
  काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।     
     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।