जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुङगा, २०७७ भदौ ३० गते
    १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार बेलुका ती किशोरीलाई  सडक छेउको कोदो बारीमा लगी जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।