अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

बाँके, २०७७ कात्तिक २ गते
    नेपालगंज उपमहानगरपालिका-१६ वडा कार्यालय नजिक चोकबाट करिब १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २१ वर्षीया निसा खानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी जयसपुरबाट  खटिएको प्रहरीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।