जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं, २०७७ मङ्सिर ७ गते
 तनहुँ, ब्यास नगरपालिका-१ हाईस्कुलटार बस्ने प्रबिन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
    चितवन, भरतपुर महानगरपालिका-९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।