यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

ओखलढुंगा, २०७७ मङ्सिर ७ गते
 २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मोलुङ गाउँपालिका-८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिका-८ डुम्रा घर भएका २६ वर्षीय अशोक मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    मेहताले ती युवतीलाई बिहीबार साँझ यौन दुर्व्यवहार गर्नुका साथै जबरजस्ती करणी उद्योग समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।