जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली, २०७७ मङ्सिर ७ गते
 १० वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती बालिकालाई सोही ठाउँस्थित नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा एक्लै पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको    हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।