विभिन्न हातहतियार सहित एक जना पक्राउ

मोरङ, २०७७ मङ्सिर ७ गते
 उर्लावारी नगरपालिका-६ रमाइलो टोलबाट ताप्लेजुङ फाम्वाङ्लुङ गाउँपालिका-२ बस्ने ३२ वर्षीय पेम्वा साङ्गे शेर्पालाई १ थान पेस्तोल, ३ राउण्ड गोली र १ थान म्याग्जिन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शेर्पाले झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।