तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

बाजुरा, २०७७ मङ्सिर ७ गते
 बडिमालीका नगरपालिका-६ बस्ने ४० वर्षीय जय बडुवालको घरमा तास खेलिरहेको अवस्थामा बडुवाल समेत ५ जनालाई नगद ११ हजार १ सय ८५ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।