तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

नवलपरासी (पूर्व), २०७७ फागुन ११ गते
 देवचुली नगरपालिका-१६ नयाँबजार बस्ने ५९ बर्षीय तुलदास श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरूलाई नगद २७ हजार ३ सय ७५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।