कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

झापा, २०७७ फागुन ११ गते
 आफ्नै श्रीमती ४९ वर्षीया बिष्णु माँया तामाङ राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ५५ वर्षीय सरे राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी कुटपिट गरी बिष्णु मायाको हत्या पश्चात फरार रहेका सरेलाई ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले दमक नगरपालिका-२ स्थित घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।