जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, २०७७ चैत २६ गते
  १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।