जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही, २०७८ वैशाख २१ गते
 २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।