उपचारको क्रममा मृत्यु

काभ्रे, २८ असार    
    आफैले बोकेको हतियारबाट गोली फायर गर्दा गम्भीर घाइते भएका प्रहरी चौकी श्यामपाटी काभ्रेमा कार्यरत प्रहरी जवान जगत बैठा धोबिको उपचारको क्रममा मृत्यु भएको छ ।
     डिउटीमा रहेको अवस्थामा बैठाले असार २५ गते आफंैले बोकेको राईफलबाट आफ्नै दाहिने तिघ्रामा १ राउण्ड गोली प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धुलीखेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको थियो ।