आगलागीबाट क्षति

मोरङ, २८ असार
    सिजुवा–५ काजुपाडा बस्ने मनमाया खत्रीको टिनको छानो भएको काठको दुई तले भान्छा घरमा मंगलबार ग्याँस लिक भई आगलागी हुँदा नगद ४० हजार रुपैया सहित करीव १० लाख रुपैया बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा आगलागी प्रहरीले नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।