सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ, २८ असार
    झापा : सनीअर्जुन नगरपालिका–४ स्थित राजमार्गमा मे.४ प ७५३३ नम्वरको मोटरसाइकलले मंगलबार सोही ठाउँ बस्ने ७२ बर्षीय दिल्ली राम खनाललाई ठक्कर दिदा गम्भीर घाइते भएकोले वि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रौतहट : लक्ष्मिनिया–८ अकोलवामा ना.४ त २५५६ नम्बरको ट्याक्टरले मंगलबार खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक बारा रामपुरपुर्वा–२ बस्ने १९ बर्षीय चन्दु जित कुशवाहाको ट्याक्टरले च्यापीएर घटनास्थलमै मृत्यु भएको छ ।
    बाँके : बुटवलबाट दिल्लीको लागि छुटेको ना.४ ख ७६८७ नम्बरको पर्यटक बस आइतबार राति भारतको बहराइच जिल्ला रिसियाको भोकतपुर भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र २८ जना घाईते भई बहराइच जिल्ला अस्पतालमा लगिएको खवर मंगलबार प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी टोली त्यसतर्फ गएको छ ।