लागू औषध गाँजा बरामद

पर्सा, २८ असार
    जिल्ला प्रहरी कार्यालय पर्साबाट मंगलबार खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली–८ पटेर्वा गाउँको सार्वजनिक बाटो छेउमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा रहेको अवैध लागू औषध गाँजा १५ के.जी. बरामद गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।