चोरीको मोवाइल र टेलिभिजन सहित पक्राउ

काठमाडौँ, २८ असार
    चोरीको मोवाइल टेलिभिजन सहित २८ बर्षीय आर्यन तामाङ्ग र २२ बर्षीय दिनेश तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।
     प्रहरी प्रभाग गंगबुबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार शंकास्पद रुपमा फेला पारी चेकजाँच गर्दा चोरीको बिभिन्न कम्पनिको मोवाइल ७ थान र ३ थान एलइडी टेलिभिजन बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।