आगलागीबाट धनमाल क्षति

काठमाडौं, २९ असार
    बाँके : नेपालगंज उपमहानगरपालिका–१० सदरलाईनस्थित अफाक अली अन्सारीको युनिक फेन्सी स्टोरमा मंगलबार ईन्भटरको तार सर्ट भई आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    कास्की : पोखरा–९ नयाँबजारस्थित उदुराज कुमालले संचालन गरेको आर्ट पसलमा मंगलबार अचानक विद्युत सर्ट भई आगलागी हुँदा कम्प्यूटर थान १ थान र आर्ट मेसिन गरी करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
     स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।