सवारी दुर्घटनामा मृत्यु

मकवानपुर, १७ साउन
    मनहरी–२ नयाँबस्तीस्थित महेन्द्र राजमार्गमा ना.४ ख ४४१७ नम्बरको ट्रिपरले ना.२५ प ९६५२ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका–२ बस्ने ५० वर्षीय दिलिप ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।