अवैधरुपमा ल्याएका कुखुराका चल्ला बरामद

पर्सा, १७ साउन
    भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेका करीव २ हजार कुखुराका चल्ला बिन्दबासिनी–५ बरुवा गाउँबाट प्रहरीले बरामद गरेको छ ।
    प्रहरी चौकी अमरपटीबाट गस्तीमा खटिएको प्रहरी टोली सोमबार उक्त स्थानमा पुग्दा वि.आर ०५ एल ३०१३ नम्वरको मोटरसाइकलमा चल्ला ल्याउदै गरेका व्यक्तिले प्रहरीलाई देख्नासाथ उक्त चल्ला र मोटरसाइकल छाडेर भागेका थिए ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।