जुवातास खेल्ने पक्राउ

रौतहट, १७ साउन
    चन्द्रपुर नगरपालिका–४ थोकर टोल बस्ने टटु तामाङको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३६ वर्षीय देबबहादुर दर्लामी मगर समेत ११ जनालाई प्रहरीले आइतबार नगद १४ हजार ९४ रुपैयाँ र तास सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।