रक्त चन्दनको तेल सहित पक्राउ

बाँके, १७ साउन
    नेपालगंज उपमहानगरपालिका–२४ भुजई गाउँ बस्ने २४ वर्षीय प्रमोद थापा र ३६ वर्षीय प्रदिप शाहीलाई प्रहरीले रक्त चन्दनको तेल जस्तो देखिने तरल पदार्थ १५ लिटर सहित पक्राउ गरेको छ ।
    भुजई गाउँमा रक्तचन्दनको तेलको कारोबार भइरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार सोही ठाउँस्थित श्री पातेश्वरी राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङगणबाट  कारोबार भइरहेको अवस्थामा उक्त तेलसहित पक्राउ गरेको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।