दुर्लभ बन्यजन्तु हाब्रेको छाला सहित पक्राउ

काठमाडौँ, १७ साउन
    दुर्लभ बन्यजन्तु हाब्रे (Red Panda) को छाला सहित मकवानपुर हेटौडा नगरपालिका–६ बस्ने ४८ बर्षीय राम बहादुर स्याङतानलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
    स्याङतनलाई प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका–५ भाटभटेनीबाट १ थान हाब्रेको छाला सहित पक्राउ गरेको हो । स्याङतानलाई प्रहरीले थप अनुसन्धान एंब कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौँमा बुझाएको छ ।