लागू औषधसहित पक्राउ

काठमाडौं, १७ साउन
    बाँके : सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१७ बस्ने १७ वर्षीय कमल डि.सी.र १७ वर्षीय रोशन धिरज सिंहलाई प्रहरीले ७ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ  ।
    इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार भारतको रुपैडिहाबाट नेपालगंजतर्फ आउँदै गरेको अवस्थामा उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो ।  
    सुनसरी : इलाका प्रहरी कार्यालय धरानबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार धरान उपमहानगरपालिका–१६ बस्ने २२ वर्षीय बबिन भन्ने युगल गुरुङ र २४ वर्षीय सन्जिब राईलाई नियन्त्रित लागू औषध एभिल १ सय २५ एम्पुल, डाईजालोप १ सय २५ एम्पुल र लुपिजेसिक १ सय २५ एम्पुलसहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।