आगलागीबाट क्षति

काठमाडौँ, १७ साउन
    काठमाडौँ : नागार्जुन नगरपालिका–१२ स्यूचाटारमा रहेको बिद्युत प्राधिकरणको पावर हाउसमा सोमबार दिउसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन ।
    बर्दीया : सोरहवा–२ जगतीपुर बस्ने चक्र बहादुर वि.क.को फुसले छाएको गोठमा सोमबार आगलागी हुँदा करिव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।