लडेर मृत्यु

काठमाडौँ, २८ पुस
    सिन्धुली : कुसेश्वर दुमजा– २ बस्ने ४० बर्षीय नन्दलाल श्रेष्ठको बुधबार घर नजिकै खेतमा पानी लगाई घर फर्कने क्रममा कुलोमा लडेर मृत्यु भएको छ ।
    यसैगरी सिन्धुली कमलामाई नगरपालिका–१२ बस्ने ५२ बर्षीय मानबहादुर खड्का बुधबार घर नजिकैको कल्भर्टबाट लडेर गम्भीर घाइते भएकोले उपचारको लागि जनसेवा अस्पताल बर्दिबास लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।