नियन्त्रित लागूऔषध सहित पक्राउ

 मोरङ, २८ पुस
    मोरङ सुन्दरदुलारी–१ बस्ने १८ बर्षीय सबिन चौधरीलाई प्रहरीले बुधबार हात्तीमुडा–८ बाट नियन्त्रित लागूऔषध फेनारगन ८ एम्पुल, डाईजेपाम ९ एम्पुल, लुप्रिजेसिक ८ एम्पुल सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।