श्रृखंलाबद्ध लुटपाटमा संलग्न पेसेवर लुटेरा पक्राउ

काठमाडौँ, २८ पुस
    श्रृखलाबद्ध लुटपाटमा संलग्न पेसेवर लुटेरा रामेछाप दोरम्बा–८ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९  दक्षिण ढोका बस्ने २९ बर्षीय सागर भन्ने टिकाबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
    महानरीय अपराध महाशाखाबाट खटिएको टोलिले थापा मगरलाई मंगलबार कागेश्वरी मनहरा नगरपालिका–९ दक्षिण ढोकाबाठ पक्राउ गरेको हो ।
    उनलाई जबरजस्ती चोरीमुद्दामा आवश्यक कानूनी  कारवाहीको लागि बुधबार महानगरीय प्रहरी बृत ठिमीमा पठाइएको छ ।
    पुस २२ गते भक्तपुर कौशलटार स्थित एनआइसी एसिया बैंकबाट नगद  निकाली गठ्ठाघर तर्फ जाने क्रममा मन्दिरा अधिकरीको लेडिज ब्यागमा रहेको नगद ६ लाख रुपैयाँ जबरजस्ती चोरी गरी फरार भएको मुद्दाको अनुसन्धानको क्रममा थापा मगरको कोठा खानतलासी गर्दा उक्त घटनामा लुटपाट गरी लगेको नगद ३ लाख तथा मन्दिरा अधिकारीको सवारी चालक अनुमति पत्र, एमकला भन्डारीको नागरिता प्रमाण पत्र , ढाका को लेडिज ब्याग , एमकला भन्डारीका ग्लोवल आइएमई बैंकचेक बुक तथा लुटपाट गर्दा प्रयोग गरेको ज्याकेट जुत्ता समेत प्रहरीले बरामद गरेको छ ।