चोरी गर्ने पक्राउ

काठमाडौँ, २८ पुस
    चोरी गरेको अभियोगमा मकवानपुर हेटौडा उपमहानगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–३१ बागबजार बस्ने २४ बर्षीय प्रेम थापालाई प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौँ महानगरपालिका–३१ बागबजार धर्मचक्र गल्ली स्थित नक्कली खड्गीको घरको भुई तल्लाको कोठामा बस्ने उनको छोरी सरिता खड्गीको कोठामा ताल्चा लगाई बाहिर गएको अबस्थामा बुधबार थापाले हातमा फलामको रड लिई कोठाको ताल्चा फोडी दराजमा रहेको नगद १५ सय रुपैयाँ, सुन तथा चाँदीका बिभिन्न गरगहना करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्न लागेको अवस्थामा सरीता खड्गीले फेला पारेकी थिइन् ।
    सो घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत सिंहदरबारबाट खटिएको प्रहरी टोलीले स्थानीय वासिन्दाको सहयोगमा थापालाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।