आफैले बोकेको भरुवा बन्दुक पड्केर घाइते

बाग्लुङ, २८ पुस
    खुङखानी–२ बस्ने ३० बर्षीय अशोक छन्त्याल आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाइते भएका छन् । बुधबार भरुवा बन्दुक पड्कदा दाहिने कोखामा चोट लागेका उनलाई मणिपाल अस्पताल पोखराबाट थप उपचारको लागि शिक्षण अस्पताल महाजगंजमा लगिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।