आगलागीबाट क्षति

झापा, २८ पुस
    भद्रपुर नगरपालिका–५ बस्ने राम चन्द्र सहनीको मेची कपास उद्योगमा विहिबार चलिरहेको मेसिनबाट आगो उत्पन्न भई आगलागी हुदाँ कपास बनाउने मेसिन, कपास र अन्य सामानहरु गरी करीव ७ लाख ५० हजार रुपैयाँ बरावरको क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको  छ ।