सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ, २८ पुस
    जाजरकोट : ढिमे–१ दमडाढा स्थित भे.१ त ५७०७ नम्बरको ट्याक्टर विहिबार सडकदेखि अंदाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर साहु बर्दिया मोतिपुर नगरपालिका–४ बस्ने २६ बर्षीय हरि बहादुर पुनको घटनास्थालमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रुपन्देही : बुटवल उपमहानगरपालिका–४ मैनाबगरचोक स्थित महेन्द्रराजमार्गमा लु.१ ख ८२५९ नम्बरको ट्रकले लु.२० प ३९४८ नम्बरको स्कुटीलाई ठक्कर दिंदा गुल्मी अस्लेवा–९ घर भई बुटवल–१३ बस्ने २४ बर्षीया तुलसा पाण्डे गम्भीर घाइते भएकोले उपचारको लागी लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।