सामुदायिक प्रहरी सेवा अनुशिक्षण तालिम समापन

दिपायल, २८ पुस
     सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा संचालित १९ औं समूहको सामुदायिक प्रहरी सेवा अनुशिक्षण तालिम विहिबार आयोजित एक समारोहबीच निमित्त समादेशक प्रहरी नायव उपरीक्षक दिपक कुमार बस्नेतको प्रमुख आतिथ्यमा समापन भएको छ ।
    पुस १९ गतेबाट संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार २ र प्रहरी जवान २१ जनाको सहभागिता रहेको थियो ।