हतियार सहित पक्राउ

धनुषा, ७ चैत
    तुल्सी–९ लोटागाँउ बस्ने ४८ वर्षीय भक्तबहादुर थापामगर र उनका २५ वर्षीय छोरा उज्वल थापालाई  लोड गरी लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    उज्वलकी श्रीमती २३ वर्षीया की निरु थापा (बुढाथोकी) लाई भक्तबहादुर र उज्वलले कुटपिट गरेको विषयमा
सोधपुछ गर्ने क्रममा शंका लागि घर खानतलासी गर्दा उक्त हतियार फेला परेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।