आगलागीबाट धनमाल क्षति

कपिलबस्तु, ७ चैत
    भलवारी–५ सानो भुटनिया बस्ने प्रभु चमार लगायत ६ जनाको घरमा सोमबार आगलागी हुँदा घर, लत्ताकपडा, भाडाबर्तन गरी करीव ६ लाख १० हजार रुपैयाँ बरावरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानियवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।