मृत अवस्थामा फेला
काठमाडौँ, ७ चैत
काठमाडौँ : बुढानिलकण्ठ नगरपालिका–१४ कपन राम मन्दिर नजिक बस्ने ३६ बर्षीया पासाङ टेण्डी शेर्पा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
बारा : कलैया नगरपालिका–१६ धर्मनगरस्थित शारदा इँटाभट्टामा काम गर्ने भारत पकडीका ४५ बर्षीय छोटेलाल महतो इँटाभट्टा नजिकै पालमा सुतिरहेको स्थानमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।