कर्तव्य गरी ज्यान मारेको अभियोगमा पक्राउ

सुनसरी, ७ चैत
    कर्तव्य गरी ज्यान मारेको अभियोगमा कोल–७ बस्ने ३१ वर्षीय धर्मराज तुलाचन, ५० वर्षीय कर्मजित बिक, २६ वर्षीय बीरेन्द्र तुलाचन र ३० वर्षीय नरमान बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरु ४ जनाले पुरानो रिसइबिका कारण कोल–७ बस्ने २२ वर्षीय गोरे बिकलाई गत फागुन १९ गते मारी सोही ठाउँस्थित खोलामा गाडेको छ भन्ने खबर आइतबार प्राप्त भएपछि खटि गएको प्रहरीले गाडेको अवस्थामा उनको शव फेला पारेको थियो ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।