पहिरो खस्दा मृत्यु


कालिकोट,८ बैशाख
    नरहरीनाथ गाँउपालिका–१ स्थित जितेपुल नजिक गोर्ख सिकाल (वि.क.) ले संचालन गरेको चिया नास्ता पसलमा विहिबार ठुलो ढुङ्गासँगै पहिरो खस्दा ४ जनाको घटनास्थलमै मुत्यु भएको छ ।
    मृत्यु हुनेमा सोही ठाउँ बस्ने चिया पसल संचालक ४५ वर्षीय गोर्ख सिकाल (बि.क.) उनको ३५ वर्षीया श्रीमती धन सिकाल (बि.क.), १३ वर्षीय छोरी बाजपुरा सिकाल (बि.क.) र सोही ठाउँ स्थित मुम्रा बस्ने ३२ वर्षीय लोकबहादुर के.सी रहेका छन् । घटनामा रकु–९ बस्ने २५ बर्षीया भावना देवकोटा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।