आगलागीबाट धनमाल क्षति


काठमाडौं,८ बैशाख
    ललितपुर : महांकाल गाँउपालिका–२ कुसुण्डो बस्ने सानोमान गोलेको दुइतले कच्ची घरमा बिहिबार आगलागी हुँदा वीरबहादुर गोलेको समेत घर जलेर करीब ३ लाख रुपैयाँ बाराबरको धनमाल क्षति भएको छ ।
    भक्तपुर    : भक्तपुर नगरपालिका–२ लिवाली पुल स्थित विरेन्द्र सुवालले संचालन गरेको क्षमा गणेश वडि विल्डर वर्कशपमा शुक्रबार आगलागी हुँदा करीब १ लाख ४५ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति भएको छ ।  
     स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।