सवारी दुर्घटनामा मृत्यु


काठमाडौं,८ बैशाख
    भक्तपुर : भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा बा.१ क ३५५९ नम्बरको ट्रिपरले बा.८२ प ८४७३ नम्बरको स्कुटरलाई बिहिबार ठक्कर दिंदा स्कुटर चालक चाँगुनारायण–७ झौखेल बस्ने २६ वर्षीय राकेश थाईजु गम्भीर घाइते भएकाले डा.युवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    तनहुँ : भानु–१ अँधेरीभञ्ज्याङ स्थित डुम्रेबेशिसहर सडकमा ग.१ त १६४४ नम्बरको ट्याक्टर बिहिबार ब्रेक फेल भई सडकबाट करीब २५ मिटर तल खस्दा सहचालक महोतरी ढुङ्गे–१२ बस्ने १७ वर्षीय निर्मल आलेमगर गम्भीर घाइते भएकाले लक्ष्मी अस्पताल डुम्रे पठाइएकोमा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।