चोरीका सामान सहित पक्राउ


काठमाडौं,८ बैशाख
    चोरीका सामान सहित बारा घर भई हाल काठमाडौं महानगरपालिका–१२ ह्युमन बस्ने ३५ वर्षीय दिनेश कुमार थापा र काठमाडौं महानगरपालिका–१६ बनस्थली घर भई किर्तिपुर मच्छेगाँउ बस्ने २७ वर्षीय अजय शाहीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    गस्तीमा खटिएको टोलीले थापा र शाहीलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट सोही स्थान बस्ने चन्द्रकुमार फुँयालको डेरा कोठाबाट चोरी भएको सुनका बिभिन्न गहना २ तोला, चाँदीका गहना ८ तोला, १ थान क्यामेरा, ३ थान घडी र २ थान मोबाईल सहित पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।