डोजरबाट खसेको ढुंगा लागेर मृत्यु


डोटी,८ बैशाख
    डोजरबाट खसेको ढुंगा लागेर शिखर नगरपालिका–६ बस्ने ७३ वर्षीय बागे दमाइको मृत्यु भएको छ । सोही नगरपालिका–२ स्थित कालागार्ड देखी मुडे गाँउ जाने कच्ची सडक निर्माण गर्ने क्रममा शुक्रबार डोजरबाट ढुंगा खस्न जाँदा ढुंगा लागि गम्भीर घाइते भएका दमाईलाई उपचारको लागि सुगम अस्पताल राजपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । डोजर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।