मृत अवस्थामा फेला


काठमाडौँ,  ८ बैशाख
    सुनसरी : दुहबी नगरपालिका–१० बस्ने २८ बर्षीय प्रकाश कुमार चौधरी सुतिरहेको स्थानमा मृत अबस्थामा फेला पारेका छन् ।
    कपिलवस्तु : बाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ५५ बर्षीया शान्ता थारु विहिबार घरबाट कोही कसैलाई नसोधी निस्केकोमा खोजतलास गर्दा शुक्रबार घर नजिकै रहेको खेतमा मृत अवस्थामा फेला परेकी छिन् ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।