सवारी दुर्घटनामा मृत्यु


रुपन्देही ,८ बैशाख    
    बुटवल उपमहानगरपालिका–१९ पथ्थरगंग स्थित भित्री सडक खण्डमा लु.१ख ९२६५ नम्बरको बस र लु.१७ प २७९ नम्बरको मोटरसाइकल शुक्रबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक सोही उपमहानगरपालिका–१४ बस्ने २५ बर्षीय बिमल थापा र २२ बर्षीय झम बहादुर परियार घाइते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा परियारको मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।