उपचारको क्रममा घाइतेको मृत्यु

काठमाडौं, असार ५ गते
    आफ्नै घरमा खाना पकाउने क्रममा आगोले जलेर घाइते भएकी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–११ ददुवा बस्ने २२ वर्षीया आइती तामाङको काठमाडौं बानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
    गत जेठ २० गते खाना बनाउने क्रममा चुलोमाथि रहेको मट्टितेलको भाडो अचानक खसेर आगलागी हुँदा जलेर घाइते भएकी उनलाई तत्काल सुष्मा मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि असार ३ गते भेनस अस्पताल ल्याइएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।