सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, असार ५ गते
    सिन्धुली : कमलामाई नगरपालिका–१० दोभानस्थित सडकमा ना.६ त ३२६० नम्बरको टयाक्टरको ठक्करबाट आइतबार गम्भीर घाइते भएकी पैदलयात्री टिनपाटन गाउँपालिका–१ बस्ने कुलबहादुर घिसिङकी छोरी १२ वर्षीया मन्दिरा घिसिङको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धनुषा : गणेशमान चारनाथ नगरपालिका–७ गोदार चोकस्थित पूर्व–पश्चिम राजमार्गमा रौतहटबाट सिरहातर्फ जाँदै गरेको ना.३ ख ७६७३ नम्बरको बसले आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका साईकलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय राजन अधिकारीको उपचारको लागि जनकपुर अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बसचालकको खोजी भइरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।