कुटपिटबाट मृत्यु, अभियुक्तमध्ये दुईजना पक्राउ

दाङ, असार ५ गते
    घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत कामदारबीच आइतबार साँझ कुटपिट हुँदा गम्भीर घाइते भएका सुनसरी ईनरुवा घर हुने २० वर्षीय रितेश झाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।
    उद्योगका कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षीय जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षीय राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षीय निर्मल राजपुतले निज झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षीय जगतराम यादबलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाइते जगतलाई उक्त अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज बाँके रिफर गरिएको छ ।
    कुटपिट गर्नेमध्येका राज र निर्मललाई प्रहरीले पक्राउ गरेको छ भने हाल फरार रहेका जितरामको खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।