लागूऔषध सहित पक्राउ

मकवानपुर, असार ५ गते
    मनहरि गाउँपालिका–७ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको ग.५ प ३१२२ नम्बरको मोटरसाइकल चालक चितवन, रत्ननगर नगरपालिका–१३ बस्ने २२ वर्षीय नितेश ठकुरीलाई फेनारगन ३६ पिस, नोरफिन ३६ पिस, डाइजेल्याब ३६ पिस र नाइक्रोभेट ट्याब्लेट ८८ पिस लागूऔषधसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त मोटसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज भुजेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।