कटुवा पेस्तोलसहित पक्राउ

बाँके, असार ५ गते
    नेपालगंज उपमहानगरपालिका–१६ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा भारतको रुपैडियाबाट नेपालगंजतर्फ साईकलमा आउँदै गरेका भारत बहराईच बस्ने २५ वर्षीय ओमप्रकाश सिंह ठाकुरलाई साथमा रहेको कटुवा पेस्तोल १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।